तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु 

सल्यान । सल्यानमा नुहाउने क्रममा बबई नदीमा डुबेर ४ वर्षीय बालक सहित दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका ७ सल्यानथरीका ३७ वर्षीय दिल बहादुर कार्की र ४ वर्षीय बालक सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

नुहान गएका अबेरसम्म घर नर्फिएपछि खोज तलास गर्ने क्रममा कार्कीको घरदेखि करिब १ किलोमिटर तल फेला पारी भेरी अस्पताल नेपालगञ्ज पु¥याउदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । मृत्तक दुवैको शव पोष्टमार्टमका लागि नेपालगञ्जको शवगृहमा राखिएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button