तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा बालविवाह न्यूनीकरणका लागि वाल सम्मेलन 

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा वाल विवाह बढेपछि त्यसलाई न्यूनीकरण गर्नका लागि प्लान इन्टरनेशनलले आज जनकपुरधाममा वालिका सम्मेलन तथा चित्रकलाको प्रभाव विषयमा कार्यक्रम गरेको छ । 

सानै उमेरमा विवाह गर्दा हुने गरेको शारीरिक, मानसिक, आर्थिक, सामाजिक प्रभाव तथा अन्य प्रकारको समस्याहरूको विषयमा जानकारी दिने उद्देश्यले नै कार्यक्रमको आयोजना गरेको सम्मेलनका संयोजक लक्ष्मी चौधरीले जानकारी दिनु भयो । सो कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत रहेका १३ वर्ष देखि २४ वर्ष सम्मका बालबालिका तथा किशोर किशोरीहरूको सहभागिता रहेका थिए । 

कार्यक्रम बालविवाहलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूलाई राखेर नै कार्यक्रम गरेकाले बालविवाह न्यूनीकरण हुने आशा प्लान इन्टरनेशनलका पूर्व क्षेत्र प्रबन्धक रविशंकर पण्डितले जानकारी दिएका छन् । धनुषाका २० जना बालबालिकाहरूले बालविवाह हुँदा हुने गरेको हिंसा तथा विभिन्न समस्याहरूका विषयमा चित्र निर्माण गरेका थिए । 

सो कार्यक्रममा १५ वर्षको उमेरमा विवाह गरेर प्रत्यक्ष समस्या भोगेकी  धनुषाको शहिदनगर नगरपालिकाका कोशिला महराले बालविवाह पछि भोग्नु परेको समस्याका विषयमा चित्र मार्फत प्रदर्शन गरेका थिए । १ छोराकी आमा बनेकी महराले सानो उमेरमा विवाह गर्दा विभिन्न प्रकारको समस्या हुने गरेको बताउँदै कसैले पनि उमेर नपुगी विवाह गर्न नहुनेमा जोड दिनु भयो । 

धनुषाको कमला नगरपालिकाकी शोभा महतोले बालविवाह गर्न नहुनेमा आफू ढुक्क रहेको बताउँदै समाजमा पनि बालविवाह भएको पाइएको खण्डमा रोक्ने प्रयास गर्ने बताउनु भयो । अर्का सहभागी धनुषाको जनकनन्दनी गाउँपालिकाकी प्रतिमा कुमारी मण्डलले बालविवाह गरेपछि विभिन्न प्रकारको हिंसामा पर्ने गरेको बताउँदै आफूले बालविवाह नगर्ने र अरूलाई पनि गर्न नदिनका लागि प्रयास गर्ने बताउनु भयो । 

उहाँले बालविवाहले आर्थिक, शारीरिक, मानसिक तथा सामाजिक प्रभाव पर्नुका साथै सानो उमेरमा बच्चा पाउँदा शरीरमा अनेक समस्याहरू आउने विषयमा जनचेतना फैलिएको बताउनु भने । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button