तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । दाङको लमहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ४३ वर्षीय महेन्द्र गिरि रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मङ्गलवार राति दश बजे लमही नगरपालिका वडा नम्बर ७ बनघ्रुसी स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा रोकिएको लु १ ख ९५७० नम्बरको ट्रकसँग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किँदा लमही अस्पतालमा उपचारको क्रममा गिरिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक राजमार्गमा रोकिएर राख्दा उक्त दुर्घटना भएको हो । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button