तपाईँ सुन्दै हुनुहुन्छः

चुमनुब्रीमा मे ९ मा मनास्लु महोत्सव आयोजना हुने

गोरखा । मनास्लु हिमाल आरोहणको समय अर्थात् मे ९ को अवसर पारेर चुमनुब्रीमा मनास्लु महोत्सव गर्ने गाउँपालिकाले निर्णय गरेको छ । 

चुमनुब्री गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विहीको सेराङमा कार्यपालिका बैठक बसेर महोत्सव गर्ने निर्णय गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । 

मे ९, १९५६ मा जापानिज नागरिक त्यकजष्य Imanishi र Gyaltsen Norbu Sherpa ले मनास्लु हिमालको सफल आरोहण गरेका थिए । 

वडा नम्बर ४ स्थित सेराङमामा नुब्री उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गर्न १० दिन सम्म धार्मिक कार्यक्रम गरिएको थियो । सोही कार्यक्रमका समय कार्यपालिका बैठक बसेर मनास्लु महोत्सव गर्ने निर्णय गरिएको लामाले जानकारी दिनुभयो । 

यसअघि जिल्लाको चुम उपत्यका विगत १०० वर्षदेखि अहिंसा (स्याग्या) क्षेत्रको रुपमा रहँदै आएको थियो । गएको वर्ष मात्रै  छेकम्पार स्थित राजेन गुम्बामा कार्यक्रम गरेर अहिंसा क्षेत्र घोषणा भएको शताब्दी  वर्ष मनाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button