तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनामा १४ घाइते 

पाँचथर । पाँचथरको हिलिहाङ– ७ सल्लेरीमा आइतबार जीप दुर्घटना हुँदा  १४ जना घाइते भएका छन् ।

ताप्लेजुङ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ज १९४७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो । दुर्घटनामा सवारी चालक सहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिनुभयो ।

घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button