तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण विधेयक : सहमति हुन नसकेका विषयमा अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको सार्वजनिक सेवा प्रसारण विधेयकको परिच्छेद तीनको परिषद् गठनका सम्बन्धमा सांसदहरूबिच सहमति जुट्न नसकेपछि सभापति अम्बरबहादुर थापाले अध्ययन उपसमिति गठन गर्नुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूबिच परिषद्को अध्यक्षमा विभागीय मन्त्री अध्यक्ष रहने वा सभामुख अध्यक्ष रहने भन्ने विषयमा मत विभाजन भएपछि नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा समितिका सांसदहरु देवेन्द्र पौडेल, बद्री पाण्डे, डाक्टर तोषिमा कार्की र रामप्रकाश चौधरी सदस्य रहेको अध्ययन उपसमिति गठन गरिएको हो ।

उपसमितिले सार्वजनिक सेवा प्रसारणको अभ्यास गरिरहेका अन्य मुलुकहरूको प्रावधान समेत विभिन्न विज्ञहरुसँग सुझाव सङ्कलन गरी समितिमा प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेय राष्ट्रिय सभाबाट पारित भई आउँदा परिषद्को अध्यक्ष विभागीय मन्त्री रहने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button