तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिमा शुद्धीकरण आवश्यक : काँग्रेस उपसभापति गुरुङ

विराटनगर । नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङले नेपालको राजनीतिमा शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको ११ औ केन्द्रिय परिषद्को भेलाको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले काँग्रेसलाई कलङ्कित बनाउने जुनसुकै नेतालाई कारबाही गदै नेपालको राजनीतिलाई शुद्ध बनाउने नेतृत्व काँग्रेसले लिनुपर्ने बताउनुभयो ।

उहाँले संसदीय पद्धतिमा सत्तामा रहिरहने तथा सत्ताबाट बाहिरिने कुरा सामान्य भएको चर्चा गर्दै यसलाई पार्टीले सामान्य रुपमा लिएको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधान अनुसार प्रदेश सरकार सञ्चालन भइरहेको र यो सरकारले जनभावना अनुसार कार्य गर्दै विकासको प्रतिफल जनताको घर/घरमा पुर्याएको बताउनुभयो ।

उहाँले कोशी प्रदेशका १० वर्ष मुनिका बालबालिकाको जटिल उपचारका लागि प्रदेश सरकारले निःशुल्क व्यवस्था मिलाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button