तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी 

गुल्मी । गुल्मीको रेसुङ्गा गर्जुरा क्षेत्रमा भीषण आगलागी भएको छ । बिहीबार बिहान देखी भएको आगलागीबाट यस क्षेत्रमा रहेको रेसुङ्गा पार्क उच्च जोखिममा परेको छ । 

कूल पाँच करोड ५९ लाखमा निर्माण भएको रेसुङ्गा पार्क नजिकै लागेको आगो निभाउने प्रयास भएपनि अझै नियन्त्रणमा नआएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । पार्क भित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना रहेका छन् ।

रेसुङ्गा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो निभाउनको लागि यति वेला उक्त क्षेत्रमा दमकल, सुरक्षाकर्मी र रेसुङ्गा नगरपालिकाको समूह पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button