तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा  बस एक आपसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङ । दाङको देउखुरीमा दुईवटा  बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । जिल्लाको लमही नगरपालिका-३ वनगाउँमा  बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

 दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको उहाँले जानकारी दिनुभयो । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button