तपाईँ सुन्दै हुनुहुन्छः

एमाले जिल्ला अध्यक्षमा श्रेष्ठ 

सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी हुनुभएको छ । प्रत्यासी कमल नेपाललाई १४ मतले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभयो । नेपालले ३४९ मत पाउँदा श्रेष्ठले ३६३ मत प्राप्त गर्नुभयो ।

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना गरिएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नेपाल र श्रेष्ठले समूह बनाएर अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

उपाध्यक्षमा अर्जुन भण्डारी  विष्णुमणी आचार्यलाई पराजित गर्दै विजयी हुनुभयो । भण्डारीले ३४५ मत प्राप्त गर्नुभयो भने आचार्यले ३०७ मत मात्र पाउनुभयो ।

त्यस्तै सचिवमा कृष्णगोपाल तामाङले ४०३ मत सहित  जित हासिल गर्नुभयो ।  यज्ञराज सापकोटा २७० मत मात्र पाई  पराजित हुनुभयो । त्यस्तै खुला उपसचिवमा शिवहरि सापकोटाले ३३६ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी  विजयकृष्ण श्रेष्ठले ३१३ मत पाउनुभयो । महिलातर्फ सुशीला पाख्रिनले ४५६ मत ल्याइ विजयी हुँदा  शोभा कार्कीले २०८ मत पाई  पराजित हुनुभयो ।

त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन ।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए भने पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ। अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button