तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : दुई वटा विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

बैठकले भन्सार विधेयक, २०८० र निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो । 

अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक, २०८० र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो ।  बैठकले दुवै प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको थियो । 

यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पेस गर्नुभएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक चैत १९ गते सोमबार बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button