तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

file photo

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले, सडकलगायत पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, कृषिमा लगानी, मौलिक हक कार्यान्वयनमा देखिएका समस्या, कानुन निर्माणमा भइरहेको ढिलाइ, कृषि र उत्पादनका क्षेत्रमा न्यून बजेट विनियोजन हुँदा भइरहेको समस्या, लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले रुस र युक्रेनी सेनामा भर्ती भएका नेपाली युवालाई स्वदेश फिर्ताका लागि सरकारले गरिरहेको पहल र रुसमा श्रम स्वीकृति दिने सरकारको नीतिबारे प्रश्न गर्नुभएको थियो ।

सांसदहरुले नेपालमा ठूलो सङ्ख्यामा भारतीय मालवाहक सवारी साधन भित्रिरहेकोमा त्यसले नेपालभित्रका ढुवानी व्यवसायी समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

संसद्को विधायिकी भूमिका कमजोर भएको भन्दै सांसदहरुले कानून निर्माणका कामलाई सरकार र सदनले गम्भीरताका साथ अघि बढाउनुपर्ने, सदन परिणाममुखी थलो बन्नुपर्ने तथा नागरिकका समस्या सुनुवाइलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले वीर अस्पतालका समस्या समाधानका लागि वीर अस्पतालमा न्यून जनशक्ति रहेको, बिरामीको अपरेसनका लागि महिनौँ कुर्नुपर्ने अवस्था रहेको, आइसियु बेड लगायतका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

बाल सुधार गृह र कारागारको व्यवस्थापन, जुम्ला जिल्ला जोड्ने सडक स्तरोन्नति र मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको सडक दुर्घटना बढ्दै गएको, सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित यातायातको प्रत्याभूति, गुणस्तरीय सडक निर्माणका लागि सरकार र मातहतका निकाय गम्भीर हुनुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

सांसदहरुले तराईका जिल्लाका विद्यालयमा विद्यार्थीहरू साना कक्षाकोठामा बस्न बाध्य भइरहेको। शिक्षकको दरबन्दी अभावमा एउटै शिक्षकले धेरै कक्षाका विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने अवस्थाको अन्त्यका लागि सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button