तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

नयाँदिल्ली। युक्रेनका विदेशमन्त्रीले ‘विश्वव्यापी मुद्दाहरूमा’ छलफल गर्न बिहीबार भारतको दुई दिवसीय भ्रमण सुरु गर्नुहुने रुसको परम्परागत सहयोगी नयाँदिल्लीले एक विज्ञप्तिमा बताएको छ । 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग नयाँ दिल्लीमा भेट गर्नुहुने र भारतका उपराष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि वार्ता गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ । 

भारतले अमेरिकासँग अधिक सुरक्षा सम्बन्धलाई अगाडि बढाए पनि युक्रेनमाथि आक्रमणका लागि रुसको स्पष्ट निन्दा गर्न उसले सावधानी अपनाएको छ ।

नयाँदिल्ली र मस्कोबीच शीत युद्धको समयदेखिको सम्बन्ध रहेको छ र रुस अहिलेसम्म विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बनेको छ । 

युक्रेनका विदेशमन्त्री कुलेबाले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगबारे छलफल गर्नुहुने नयाँदिल्लीले बताएको छ । 

युक्रेनमाथि आक्रमणपछि करोडौँ ब्यारेल रुसी कच्चा तेल खरिद गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आलोचनाको सामना गर्नुपरेको छ । भारतले रुसी कच्चा तेल खरिद गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध–कोश बलियो भएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले यसै महिना पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिँदै र ‘विशेष’ सम्बन्धलाई विकसित गर्नका लागि सम्बन्धहरूलाई प्रवर्द्धन गर्न आफू उत्सुक रहेको बताउनुभएको थियो । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button