तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा जीप दुर्घटना हुँदा ९ जना घाइते

स्याङ्जा  । वालिङ ११ को छतिवनस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

वालिङबाट धनपुरेतर्फ जाँदै गरेको ग२च ७४७९ नं.को बलेरो जिप ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 

घाइते मध्ये ४ जनाको वालिङस्थित गह्रौँ प्राथामिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य ५ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रनाउ रानाले बताउनुभयो । 

वालिङमा उपचार हुनेहरूमा चालक वालिङ ११ ज्वानखोलाका ४१ वर्षीय ज्ञान प्रसाद पंगेनी, वालिङ १० का ३२ वर्षीय सुकमाया सुन्धौली, सुकमाया सुन्धौलीको छोरा १३ वर्षीय संगम सुन्धौली, वालिङ  ११ छतिवनका १९ वर्षीय नम्रता खत्री रहेका छन् । 

त्यस्तै वालिङ ११ छतिवनका ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट ५ की ३० वर्षीय विन्दु खवास, वालिङ ११ ज्वानखोलाकी ३६ वर्षीय हुमकला पंगेनी र वालिङ ११ भकभकाकी १७ वर्षीय करिना खवासलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । 

पोखरा रिफर गरिएका घाइतेहरूको खुट्टा र टाउकोमा चोकट लागेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button