तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टद्वारा पदभार ग्रहण

कास्की । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । त्यसअघि उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच प्रदेश प्रमुखको निवासमा स्वागत गर्नुभएको थियो ।

उहाँलाई मुख्यमन्त्री सहित प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भए, गरेका कामहरूबारे संक्षिप्त जानकारी समेत गराउनुभएको थियो ।

स्वागत ग्रहण गर्दै उहाँले हिजोसम्म आफू अर्कै भूगोलको रहे पनि प्रदेशको अभिभावकको रुपमा नियुक्तिसँगै अब गण्डकी प्रदेश आफ्नो पनि रहेको बताउनु भयो ।

देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उहाँ पाँचौँ प्रदेश प्रमुख हुनुहुन्छ । यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button