तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

भोजपुर ।  धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा एक जना बच्चासहित सात जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एक बच्चासहित तीन पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

को१ज २५९३ नम्बरको जीप उदयपुर बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । 

दुर्घटनामा सात जनाको मृत्यु भएको र अन्य घाइतेहरूलाई थप उपचारका लागि धरान पठाइएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा उद्धारको काम भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भने हुन नसकेको बताउनुभयो ।  

दुर्घटनामा परेको जीपमा भोजपुरका यात्रुहरू बढिरहेका थिए । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button