तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसका कारण ‘नयाँ गठबन्धन बनाउनुपरेको’ भ्रम : प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता र जनमत विपरीत प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाउनुभएको बताएको छ ।

नेपाली काँग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री प्रचण्डले कपोकल्पित र आधारहीन आरोप लगाएर गठबन्धन तोडेको बताएको हो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सँगै गएका दलहरू मिलेर सरकार चलाउनुपर्छ भन्ने मान्यताका साथ आफूहरूले सरकारमा रहँदा इमानदारीपूर्वक काम गरेको भए पनि काँग्रेसका कारण सरकारले गति लिन नसकेको र नयाँ गठबन्धन बनाउनुपरेको भ्रम फैलाइएको बताउनुभयो ।

निवर्तमान अर्थमन्त्री समेत रहनुभएका काँग्रेस प्रवक्ता डा महतले पूर्ववर्ती सरकारमा कांग्रेसको उपस्थितिका कारण बजेटमा मितव्ययिता र अनुशासन कायम भएको, बैङ्कको ब्याजदर र मूल्यवृद्धि घटेको र शिथिल अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्किएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button