तपाईँ सुन्दै हुनुहुन्छः

पपुवा न्युगिनीमा दुई समूहबीच भएको गोली हानाहानमा ५५ जनाको मृत्यु

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूह बीचको झगडामा गोली हानाहान भएको र सोही क्रममा मानिसहरु मारिएको राष्ट्रिय प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन् ।

घटनाको पूर्ण विवरण भने आउँन बाँकी छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पपुवा न्युगिनीको हाइल्याण्ड क्षेत्र लामो समयदेखि हिंसाग्रस्त क्षेत्र हो । तर हालै भएको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद घटनाका रुपमा हेरिएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार यो घटना एन्गा प्रान्तकै सबैभन्दा ठूलो हत्याकाण्ड हो । गतवर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

द्वन्द्वले उग रुप लिएपछि कर्फ्यु र यात्रा प्रतिबन्ध नै घोषणा गरिएको थियो । त्यहाँका आदिवासीहरुबीच प्राय जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर द्वन्द्व हुने गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button