तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तु बस दुर्घटना अपडेट :  मृतक दशै जनाको सनाखत

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको सनाखत भएको छ ।

मृतक रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी ,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ । त्यस्तै भिमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कञ्चनपुरका  सन्जु थापा, पुनर्वास नगरपालिका निवासी विसन दत्तको दुर्घटना स्थलमै मृत्यु भएको छ । त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने  सुदिप भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्नेविमला देवि भट्टको पहिचान खुलेको छ । 

राती १ बजे महेन्द्रनगरबाट काठमाडौँ  जान लागेको सुनौलो महाकाली  यातायात  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइते मध्ये ९ जनाको उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीका नायव उपरीक्षक हरि वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button