तपाईँ सुन्दै हुनुहुन्छः

बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

आज झापास्थित बुढाथोकी निवासमा आयोजित बुढाथोकीको सातौँ श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उहाँले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताउनुभयो ।

सभापति देउवासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल लगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button