तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक महोत्सवमा विभिन्न संस्कृति झल्काउने झाकिहरु (फोटोफिचर)

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका विभिन्न भाषाभाषी संस्कृतिले भरिपूर्ण पालिका हो ।

कामको सिलसिला होस या आफ्ना छोराछोरीलाई उच्च शिक्षा हासिल गराउनको लागि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका मानिसहरू बसाइँसराइ गरेर कोहलपुरलाई कर्मथलो बनाएर बसेका छन् । पुर्खौली थलो छोडेर कर्मथलो आएर आफ्नो परम्परालाई जीवित राख्दै संस्कृति जोगाई राख्न निरन्तर लागिरहेको गन्धर्व समाजका सुरेश गन्धर्व बताउनुहुन्छ ।

‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने नाराका साथ आजबाट सुरु भएको पाचौं प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव २०८० मा कोहलपुर भित्रका विभिन्न समुदायको संस्कृति झल्किने झाकिहरु प्रस्तुत गरिएको हो ।

महोत्सवमा दलित सेवा समाजको महिलाहरूले पञ्चेबाजा, गन्धर्व समाजको सारङ्गीको धुन , जाजरकोटि समाज, दैलेखि समाज , थारु समाज लगायतले आ आफ्नो प्रस्तुति देखाएका थिए । महोत्सव उद्घाटनको सत्रमा देखाइएका झाकिहरुको प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रशंसा समेत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button