तपाईँ सुन्दै हुनुहुन्छः

घुम्ती शिविरमा १ सय बढी गर्भवतीले लिए सेवा

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट एक सय भन्दा बढी गर्भवतीले सेवा लिएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट एक सय भन्दा बढी गर्भवतीले सेवा लिएका हुन् ।

गाउँपालिकाले यही माघ १६ गतेदेखी २३ गतेसम्म गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरमा १ सय ४ जना गर्भवतीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जानकारी दिनुभयो । घुम्ती शिविरमा उपचार सम्भव नभएका १ सय ४ जना गर्भवती मध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो ।

ग्रामीण भेगका गर्भवती महिलालाई सहज सेवा पुर्‍याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले पूर्वाधार विकास लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई अघि बढाउँदै गएको उपाध्यक्ष मिना कुमारी खड्काले बताउनुभयो । उहाँले घरघरमा गर्भवती जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण लगाएका कामहरू निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो ।

गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा रहेको जानकारी दिँदै पालिकामा रहेका ७ वटै वडामा वर्थिङ सेन्टर समेत सञ्चालनमा रहेको बताउनुभयो । १० शय्याको अस्पतालबाट एक्स–रे, भिडियो एक्स–रे, लगायतका सेवाहरू नियमित सञ्चालन भइरहेको उपाध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button