तपाईँ सुन्दै हुनुहुन्छः

सन्तोष लामाको “यो हप्तानी” गीत सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार सन्तोष लामाको नयाँ गीत “यो हप्तानी” सार्वजनिक भएको छ ।

एक हप्ता अघि सार्वजनिक भएको माया प्रेमसँग सम्बन्धित रहेको यो गीतको रचना सुनिल सङ्गमले गर्नुभएको हो भने गीतमा गायक सन्तोष लामाको स्वर रहेको छ । त्यस्तै गीतमा सङ्गीतकार तथा गीतकार खड्ग गन्धर्वले सङ्गीत दिनुभएकाे छ ।

विगत १८ वर्षदेखी निरन्तर साङ्गीतिक क्षेत्रमा लागिरहनु भएका लामाले ५५/६० भन्दा बढी गीत ल्याइसक्नु भएको छ । दोलखा जिल्ला, काभ्रे जिल्ला क्या राम्रो गाउँ, डम्फुको इतिहास, तामाङ सेलो, ल्होसार जस्ता लोकप्रिय तथा प्रसिद्ध गीतहरू अडियो तथा भिडियोमार्फत बजारमा ल्याइसक्नु भएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्रमहरू गर्दै आउनुभएको छ ।

यो गीतले पनि युवाहरूको मन जित्नेमा लामा ढुक्क हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button