तपाईँ सुन्दै हुनुहुन्छः

संघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताउनुभएको छ ।

आज एस ओ एस हर्मन माइनर विद्यालय सानो ठिमीमा आयोजित स्पोर्ट मिट २०२४ लाई सम्बोधन गर्दै मन्त्री राईले संघीय संसदमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा छलफलको क्रममा रहेको बताउनुभयो ।

मन्त्री राईले संसदमा विचाराधीन नयाँ संघीय शिक्षा विधेयक पारित भएपछि यसले सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लो स्तरमा लैजाने विश्वास ब्यक्त गर्नुभयो ।

सरकारले नेपालको शिक्षा नीति २०७६ अनुसार शिक्षाको गुणस्तर वृद्धिका लागि सही ढंगले प्रयोग गर्ने अभ्यास गरेको उहाँले बताउनुभयो ।

शिक्षा क्षेत्र स्टण्टबाजी गर्ने क्षेत्र नभएको बताउँदै उहाँले मन्त्रालयले दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ र प्राचार्य रञ्जना बजगाँइ लगायतले विद्यालयका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button