तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीद्वारा पदबाट राजिनामा

काठमाडौं। सोह्र बर्षअघि गरेको काममा भ्रष्टाचार भएको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । पर्यटनमन्त्रीका रुपमा रहेका सुब्रमण्यम इश्वरनमाथि २७ वटा आरोप लगाइएको छ ।

फर्मुला वन ग्रान्ड प्रिक्सलाई सिंगापुरमा प्रवेश गराउने काममा इश्वरनले १ लाख ६० हजार सिंगापुर डलर बराबरको हवाई टिकट, होटलमा बस्ने खर्च र कार र्यालीको टिकट लिएको दावी सरकारी वकिलहरुले गरेका छन् ।

यसैगरि पूर्व कर्मचारीका रुपमा निवृत्तिभरण लिने र सांसदको भत्ता समेत लिने काम गरेको आरोप सरकारी अनुसन्धानकर्ताहरुको छ । सन् २००८ मा एफ वन रेसलाई सिंगापुरमा भित्र्याउने क्रममा ईश्वरनले व्यापारी ओङ बेंग सेंगको व्यापारिक स्वार्थ पुरा गर्ने उद्देश्य सहित काम गरेको आरोप लगाइएको छ ।

आरोप लागेपछि प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै इश्वरनले आफु निर्दोष रहेको बताएका छन् । भ्रष्टाचारलाई नियन्त्रण गर्ने उद्देश्यसहित सिंगापुरमा मन्त्री र सांसदहरुले तुलनात्मक रुपमा बढी तलब लिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button