तपाईँ सुन्दै हुनुहुन्छः

सोमालियामा विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार

कोलम्बो । श्रीलङ्काको रक्षा मन्त्रालयले शनिबार श्रीलङ्काको वायुसेना (एसएलएएफ) का थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति सेनाको कर्तव्य पूरा गर्दै आएको एउटा हेलिकप्टर अत्यधिक धुलो र बालुवा उडेर उडान मार्ग अस्पष्ट भई अवतरणका शुक्रबार दुर्घटनाग्रस्त भएको बताएको छ।
चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले गलत सूचनाबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button