तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि जनजीवन प्रभावित 

सुनसरी । चिसोको कारणले सुनसरीको जनजीवन प्रभावित भएको छ । 

जिल्लाका अधिकांश भागमा केही दिन यता बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

अरू दिनको तुलनामा मंगलबार बाक्लो हुस्सु लागेकाले निक्कै जाडो बढेको स्थानीयहरूले बताउनुभएको छ । 

बाक्लो हुस्सु लागेको र चिसो हावासमेत चलेकाले मानव जनजीवन प्रभावित हुनुका साथै पशुचौपायामा समेत असर परेको छ । जाडो बढेसँगै यहाँका बजार क्षेत्रमा न्यानो कपडाको बिक्रीसमेत बढेको व्यापारी राहुल साहले बताउनुभयो । हुस्सु र अत्यधिक चिसो बढेकाले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएकाले बजारमा भने चहलपहल कम भएको छ । 

जाडोले ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरूलाई बढी समस्या भएको गढी गाउँपालिकाका देव चौधरीले जानकारी दिनुभयो । 

सुनसरीमा चिसो बढेसँगै दुहवी, इनरुवा, इटहरी, , लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको केही मानिसहरू घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् । यसैगरी अत्यधिक चिसो बढेपछि सुनसरीका अधिकांश विद्यालयको पठनपाठन सञ्चालन रहेपनि विद्यार्थीको उपस्थितिमा कमी देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button