तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘गाउँ फर्कन्छु’ सार्वजनिक

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।

साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उनका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन् । उनका दर्जनौँ गीत ‘रेकर्ड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button