तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका स्तरीय कबड्डी प्रतियोगिता सुरु

दाङ । दाङमा अन्तरपालिका महिला पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग र बबई खेलकुद परिषद्को आयोजनामा दाङको हापुरेमा प्रतियोगिता सुरु भएको हो ।

खेलकुद प्रतियोगीताका लागि जिल्ला कबड्डी सङ्घले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जिल्लाका सात स्थानीय तहका महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । खेलकुद प्रतियोगिताको उद्घाटन बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले गर्नुभएको थियो ।

प्रतियोगितामा बबई, शान्तिनगर, दंगीशरण, गढवा र राप्ती गाउँपालिका तुलसीपुर र घोराही उपमहानगरपालिकाका सहभागिता रहेको छ ।

स्थानीय तहमा रहेका कबड्डी खेलाडीलाई प्रोत्साहन र हौसला दिनका लागि प्रतियोगिता आयोजना गरिएको बबई खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button