तपाईँ सुन्दै हुनुहुन्छः

मदनचोकमा बोलेरोको ठक्करबाट ड्युटीमा रहेका १ प्रहरीको मृत्यु, एक घाइते

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोक प्रहरी बिट नजिकै बोलेरोको ठक्करबाट ड्युटिम रहेका एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी घाइते भएका छन्।

जिल्ला रुकुम पश्चिम मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुरको मातहत प्रहरी बिट मदन चोकमा कार्यरत वर्ष २९ को विशाल वलीको मृत्यु भएको हो।

यस्तै सोही ठक्करबाट बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला ट्राफिक कार्यालयको मातहत अस्थायी ट्राफिक पोस्ट चेपाङ्ग बबईमा कार्यरत प्रहरी सहायक प्रहरी सहायक हवल्दार लाल बहादुर बुढा क्षेत्री गभिर घाइते हुनुभएको छ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको भे १ च ३४०७ नम्बरको बोलेरोले गए राति दुवैजनालाई मदनचोकमा ठक्कर दिएको थियो।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लगिएकोमा उपचारको क्रममा प्रहरी जवान विशाल वलीको मृत्यु भएको हो।

भने प्रहरी सहायक हवल्दार लाल बहादुर बुढा क्षेत्रीको उपचार भइरहेको छ। उहाँको टाउको मा चोट लागेको कोहलपुर ट्राफिक प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button