तपाईँ सुन्दै हुनुहुन्छः

चार बर्सको तुलनामा डोटीमा अभद्र व्यवहार विरुद्ध ६५ मुद्दा दर्ता ९८ जना पक्राउ

सिलगढी। डोटीमा पछिल्लो चार वर्षयता अभद्र व्यवहार विरुद्ध ६५ मुद्दा घटना दर्ता भएका छन् भने ९८ जना पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा ११ मुद्दा दर्ता भएका छन् भने १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा अभद्र व्यवहारका १७ घटना प्रहरीमा दर्ता भएका छन् भने ३१ जनालाई पक्राउ गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २४ उजुरी परेका छन् भने ३४ जनालाई पक्राउ गरिएको छ । यसरी यो विगतको तीन आर्थिक बर्सको तुलनामा डोटीमा अभद्र व्यवहारका घटनाहरू बढ्दै गएको प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ । अभद्र व्यवहारका घटनाहरूमा महिलाको सङ्ख्या भने शुन्य रहेको छ ।

त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा अभद्र व्यवहार विरुद्ध प्रहरीमा १३ मुद्दा दर्ता भएका छन् भने जसमध्ये १५ जनालाई प्रहरी पक्राउ गरिएको छ । यसरी विगतका तीन वर्ष र गत आर्थिक वर्षका घटनाहरूलाई तुलना गर्दा गत आर्थिक वर्ष २०७९/०८० मा अभद्र व्यवहार विरुद्धका घटनाहरू घट्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएको छ ।

प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/०८१ काे ६ महिनामा अभद्र व्यवहार विरुद्ध ६ घटना दर्ता भएका छन् भने १० जनालाई प्रहरीले पक्राउ गरिएको उल्लेख छ ।

पछिल्लो समयमा लागुओैषधका तथा अन्य विविध कारणले जिल्लामा अभद्र व्यवहारका घटनाहरू प्रायः हुने गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button