तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ

सल्यान । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले धार्मिक राज्य बनाउन नसकिने बताएको छ । सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले भन्नू भयो ,‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्त्व र सङ्केत देखिएका छन्। जनता राजतन्त्रको पक्षमा छैनन्, केही नारा लागे पनि त्यो विस्थापित हुन्छ। नेपाल धार्मिक राज्य बनाउन सकिँदैन। ’

उहाँले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताउनु भयो। ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केही कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमी कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’ उहाँले भन्नू भयो ।

उहाँले यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भए पनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button