तपाईँ सुन्दै हुनुहुन्छः

कृषि नेपालीहरूको जीवन हो : कृषि मन्त्री भुसाल

भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि नेपालीहरूको जीवन भएको बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री भुसालले कृषि मानिसका लागि अत्यावश्यक भएको बताउनुभयो ।

‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवन चक्र र जीवन हो’, उहाँले भन्नुभयो ‘यसैले सरकार कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रबाट उन्नति गर्न ७ काम महत्वपूर्ण रहेको बताउनुभयो । ‘त्यस मध्ये सिँचाइ सबै भन्दा महत्वपूर्ण हो । उन्नत बीउ एवम् मलको व्यवस्था पनि उस्तै महत्वपूर्ण मानिन्छ’, उहाँले भन्नुभयो, ‘उत्पादन र उत्पादकत्व वृद्धि, यान्त्रीकरण र बजारीकरण प्रभावकारी रुपमा हुनुपर्छ, यसमा सरकार लागिपरेको छ ।’ उहाँले बजारीकरणलाई सहज होस् भनेर रुपन्देहीको सेमलारमा मुलुककै ठूलो कृषि सङ्कलन केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button