तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी किनारमा छठको रौनक सुरु

चितवन । नारायणी नदीको किनारमा छठको रौनक सुरु भएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।

तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्वमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चाप बढ्ने तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले जानकारी दिनुभयो ।

तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठ पर्व मनाउँदै आएको छ ।

नारायणी किनारमा छठ पूजाको लागि चितवन सहित तनहुँ, धादिङ, गोरखाबाट समेत भक्तालुहरू आउने गरेको आयोजकले बताएको छ । छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button