तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सदभाव र एकता कायम गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।

नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज भक्तपुरमा आयोजित शंखधर साख्वाको प्रतिमामा माल्र्यापण समारोहमा प्रधानमन्त्री प्रचण्डले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रुपमा रहरेको बताउनुभयो ।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै प्रधामन्त्री प्रचण्डले त्यसको कार्यावयनका लागि नेपाल सरकारको दस्तावेजहरुमा नेपाल संवत अनिवार्य रुपमा उल्लेख गर्ने निर्णय मन्त्रिरिषदले गरेको जानकारी समेत गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सदभाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन र नेपाली समाजमा विकृति विसंगति फैलाएर जाने प्रबृति र नियमन गर्न सरकारले काम गरिरहेकोे स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्दै नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button