तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सम्बतले समृद्धिको यात्रा बलियो बनाएको छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्दै सामाजिक न्याय, समानता, स्वतन्त्रता र समृद्धिको यात्रालाई बलियो बनाएको बताउनुभएको छ ।

नेपाल सम्वत ११ सय ४४ को अवसरमा आज ललितपुरको पाटनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत्ले एकताकबद्ध भई मुलुकको समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्नुहुँदै अब सरकारी कागजातमा नेपाल सम्वत् अनिवार्य उल्लेख गरिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल सम्वत्का प्रवर्तक एवं राष्ट्रिय विभूती शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त गर्ने अभियानका अभियन्ता साख्वाले समकालिन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button