तपाईँ सुन्दै हुनुहुन्छः

देवकोटा जयन्तीको अवसरमा काव्य सभाको आयोजना

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका उपलक्ष्यमा आज काव्य सभाको आयोजना गरियो ।

सञ्चार ग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्य सभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

सभामा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौडयाल काव्य सभाका संयोजक प्रा. केशव सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्य सम्राट् र महाकविले नेपाली साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button