तपाईँ सुन्दै हुनुहुन्छः

तिहार आगमनसँगै कुम्भकारहरू दियो बनाउन व्यस्त   

सुनसरी । सुनसरीका कुम्भकारहरू तिहार आगमनसँगै माटोको दियो बनाउन व्यस्त भएका छन् ।

पछिल्लो समय बजारमा आधुनिक तिहारका बिजुली बत्तीहरू आएपनि तिहारमा माटोको दियो नै चाहिने भएकाले सुनसरीका कुम्भकारहरू माटोको दियो बनाउन व्यस्त भएका हुन् ।

अहिले सुनसरीको इनरुवा वडा नं. २ बिहीबारे हाटका सोमनाथ पण्डितलाई माटोको दियो बनाउन भ्याईनभ्याई भएको छ । 

पण्डितका घरका अन्य सदस्यसहित एकसाथ एकाबिहानै उठेर माटो मुच्छने र दियोको आकार बनाउने काममा व्यस्त भएको पण्डितले बताए ।

वहाँका अनुसार अरू बेला त यहाँका कुम्भकारहरूको पेशा नै संकट परेजस्तो हुन्छ बल्ल तिहारमा कलशका लागि घैला, पूजाको लागि ढकना र बत्तीका लागि दियोको माग अत्यधिक हुने भएकाले माटोको दियो बनाउन व्यस्त बनेको बताउनुभयो । 

बजारमा राम्रो कमाई नभएपनि पुर्खौली पेशा भएकाले आफु सहित अन्य कुम्भकारहरू पनि माटोको भाँडो बनाउने काममा व्यस्त भएको उहाँले बताउनुभयो । 

अन्य सिजनमा मासिक चार हजार देखी १० हजार रुपियाँ जसोतसो आम्दानी हुने गरेकोमा तिहारमा प्रतिपरिवारले १५ हजारदेखि ५० हजार रुपियाँसम्मको दियो बिक्री गरेर आम्दानी गर्ने गरेको बताए । 

कतिपय कुम्भकारहरूले अरू समयमा भाडा नबनाए पनि चाडबाड दशैं, तिहार तथा छठ पर्वमा भने बढी फाइदा हुने भएकाले माटोको भाडा बनाएर घर खर्च जुटाउने गर्ने गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button