तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको महेन्द्र गुफामा भारतीय पर्यटकहरूको भिड 

कास्की । पोखरा महानगरपालिका वडा नं १६ मा रहेको महेन्द्र गुफाको चालु आर्थिक वर्षको असोज सम्म करिब ३८ हजार पर्यटकले भ्रमण गरेका छन् । तिन महिना सम्म टिकटबाट करिब १८ लाख सङ्कलन भएको छ । केही वर्ष देखि प्रदेश सरकारले गुफा सौन्दर्यीकरणको काम सुरु गरेसँगै पछिल्लो समय गुफामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि आएको छ । 

चालु आर्थिक वर्षको   असोज महिनासम्म जम्मा ३८ हजार ७ सय ९६ जनाले गुफाको भ्रमण गरेका छन् ।  विशेषगरि आन्तरिक पर्यटकहरू पुग्ने यो गुफामा आन्तरिक पछि सबैभन्दा बढी भारतीय पर्यटकहरू बढी पुग्ने गरेको गुफाका सूचना अधिकारी शिशिर पौडेलले जानकारी दिनु भयो । 

२०७९ साल असोज देखि गण्डकी प्रदेश सरकारको ८ करोड ५६ लाख लगानीमा गुफामा गन्धर्व घर , म्युजिएम, ढुङ्गे  धारा एमपी थ्रेटर , गजेवो, पारा गोला र विभिन्न फुलका बगैचाहरुको निमार्ण कार्य भइरहेको छ । आगामी माघ मसान्त सम्म निमार्ण कार्य सक्ने गरी काठमाण्डौको लुना विल्डर्स कन्स्टर्कसनले काम गरिरहेको छ । हाल सम्म ७० प्रतिशत निमार्णको काम भइसकेको गुफाले जनाएको छ । 

पोखराका पर्यटकीय स्थलहरूमध्ये महत्वपूर्ण स्थलका रुपमा रहेको महेन्द्र गुफा पोखराको पृथ्वी चोकबाट ७ किमी उत्तरतर्फ रहेको छ । पौडेलका अनुसार गत आर्थिक वर्ष मात्र ३ लाख ६४ हजार ७ सय ९७ जनाले यो गुफाको भ्रमण गरेका थिए । गुफा सौन्दर्यीकरण पछि  पर्यटकीय आकर्षकका रुपमा  गुफा  परिचित हुँदै गएको छ ।   गुफा दैनिक  बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खुल्दै आएको छ । 

सूचना अधिकारी पौडेलका अनुसार मङ्सिर पुस र माघ महिनामा भने बिहान ७ बजे बाट बेलुका साढे ५ बजेसम्म खुल्ला हुने गर्दछ । समुन्द्री सतह देखि ८०० मिटर उचाइमा रहेको यो गुफा हेर्नका लागी देश विदेशबाट दैनिक सयौँ पर्यटकहरू यो गुफा पुग्ने गर्दछन् । गुफा हेर्नको लागी विद्यार्थीहरूको लागी ३०,नेपाली पर्यटकको लागी ५० भारतीय पर्यटकहरूको लागी ८० र अन्य देशका पर्यटकहरूको लागी १ सय ५० प्रवेश शुल्क लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button