तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति मार्फत समाज बदल्ने सङ्कल्प हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीति मार्फत समाज बदल्ने सङ्कल्प हुनुपर्ने बताउनुभएको छ ।

एमाले निकट दाङका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै महासचिव पोखरेलले राजनीतिमा अवसरवादबाट बच्दै समाज परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । राजनीतिमा लागेर आफूले केही नपाएको गुनासो बढी आउन थालेको भन्दै यसले राजनीतिलाई दुर्गन्धित बनाउने उहाँको भनाइ थियो ।

कम्युनिस्ट राजनीति वर्ग केन्द्रित हुनुपर्ने भन्दै त्यसलाई मुल उद्देश्यसहित अघि बढाउनुपर्ने पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button