तपाईँ सुन्दै हुनुहुन्छः

पोखरासहित कास्कीबाट एक लाख यात्रु बाहिरिए

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्कीबाट बडा दशैंको अवसरमा एक लाख २५ हजार भन्दा बढी यात्रु बाहिरिएका छन् । दशैं पर्वको अवसरमा केही दिनदेखि छिमेकी जिल्लासहित लामो दूरीका सवारी साधनमा विभिन्न जिल्लाबाट यात्रु बाहिरिएका जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिव प्रसाद पाठकले बताउनुभयो ।

उहाँका अनुसार, पोखरा सहित कास्कीमा १ लाख बढी यात्रु बाहिरिएका छन् भने कास्कीमा ७० हजार यात्रु भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत जति यात्रुको आवात जावातमा प्रत्यक्ष असर परेको प्रहरी बरिष्ठ नायव निरिक्षक पाठकले बताउनुभयो ।
आज महानवमी पर्वको अवसरमा पोखराको मुख्य बजार क्षेत्रमा चहलपह ह्वात्तै घटेको छ । दशैं पर्वको मुख्य दिन भोलि (मंगलबार) आफ्नो घरमा टिका लगाउन गएको हुनाले पोखराका मुख्यबजार क्षेत्रमा चहल पहल ह्वात्तै घटेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले बताउनुभयो । अघिल्ला बर्षको जस्तो चहल पहल र किनमेल समेत निकै कम भएको उहाँले बताउनु भयो ।

यसैबीच, पोखरा क्षेत्रका यातायात व्यवसायीहरुले भने पोखराबाट यस बर्ष निकै कम सङख्यामा यात्रु बाहिरिनु भएको दाबी गर्नुभएको छ । यातायात व्यवसायीहरुले विजया दशमी तथा दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गरे पनि पहिलाको जस्तो उत्साह नदेखिए पनि शुक्रबार र शनिबार अत्याधिक भिड भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार र शनिबार करिब अन्य क्युको तुलनामा दोब्बर भन्दा पनि बढीको संख्या करिब ८ सय भन्दा बढी यात्रु बाहक बस तथा हाइस माइक्रो बस सेवा संचालन भएको थियो ।

महानवमी (सोमबार) देखि दशैं टिकाको भोलिपल्ट बुधबारसम्म यात्रु बहाक बसहरुको फ्रि क्यू हुने भएको उहाँले बताउनु भयो ।
प्रा.लि.संग ७ वटा प्रदेशका २७ स्थानमा पुग्ने करिब १ हजार २ सय ९ वटा बस तथा हाइस माइक्रो बस रहेको प्रा.लि.ले दाबी गरेको छ ।

यसैबिच, पर्यटक बस संचालन गर्ने संस्था नाट्टा गण्डकीले दशैं पर्व लक्षित गरी यस बर्ष करिब ८० प्रतिशत यात्रु बाहक बस तथा माइक्रो बस संचालन गरेको छ । कोभिड १९ पछि करिब ५० प्रतिशत मात्र आफ्ना सवारी साधनहरु संचालन भएको अबस्थामा हाल यात्रुको माग र चाप अनुसार हाल ८० प्रतिशतसम्म बसहरु संचालन गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । नाट्टा गण्डकीमा करिब ६० वटा साना ठुला गरी यात्रु बहाक पर्यटक सवारी साधनहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button