तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा हुने लोकसभा निर्वाचनको लागि जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँके । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि  बाँकेको जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ

सीमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

खुला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि सिमानाका बन्द गरिएको भारतीय सुरक्षा निकायबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

नाका वैशाख ३१ गते साँझ ६ बजेसम्म बन्द रहने जानकारी भारतीय पक्षबाट आएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button