तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा टुँडिखेलमा फूलपातीको बढाइँ

काठमाडौँ । दसैँको सातौँ दिन, फूलपातीको अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ ।

सेनाले फूलपाती बढाइँ कवाज प्रदर्शन गर्नुका साथै सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो ।

समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति थियो ।

नेपाली सेनाले गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने गरिन्छ ।

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button