तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिनको एक होटलमा एक पुरुष मृत फेला

चितवन । इच्छाकामना गाउँपालिका–५ मुग्लिनस्थित गोरखा होटल एण्ड लजमा मङ्गलवार एक पुरुष मृत फेला परेका छन् । सोमबार साँझ ६ बजे अन्दाजी ३५ वर्षीया एक महिला र एक पुरुष उक्त होटलमा बास बस्न गएका थिए ।

महिलासँगै होटलमा बास बस्न गएका ती पुरुष मङ्गलवार बिहान ९ः४५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

महिला भने फरार भएकाले उनको खोजी कार्य जारी रहेको उनले बताए । पण्डितका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button