तपाईँ सुन्दै हुनुहुन्छः

चार लाख नगदसहित २५ जना जुवा खालबाट पक्राउ

कञ्चनपुर । कञ्चनपुरका दुई जुवा खालबाट चार लाख नगदसहित २५ जना पक्राउ परेका छन्। उनीहरू कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया र भीमदत्त नगरपालिका– १९ बागफाँटाका दुई जुवा खालबाट पक्राउ परेका हुन्।

गुलरियाबाट १५ र बागफाँटाबाट १५ जुवाडे चार लाख ३१ हजार पाँच सय पाँच रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रदेश र स्थानीय प्रहरीको टोलीले गुलरियाको मदिरा पसलबाट जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १५ जना र भीमदत्त नगरपालिका( १९ बागफाँटाको जुवा खालबाट दुई लाख ७७ हजार पाँच हजार पाँच रुपैयाँ नगदसहित १० जना पक्राउ गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुष्करराज पन्तले गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जुवा खालबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button