तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन, चामल किन्नेको भिड

मुगु । हिन्दुहरूको महान् चार्ड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मूल्य छुट पसल सञ्चालन आएपछि नेपाल खाद्य तथा ब्यापार कम्पनीमा चामल किन्नेको भिड लागेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपालीहरूका नजिकिँदै गरेका चाडपर्वमा जनताहरूले हाँसीखुशी साथ मनाओस् र पैसा अभावमा चाडवाड खल्लो नहोस् भनेर आफूले बिक्री गर्दै आएका दैनिक उपभोग्य वस्तुहरूमा छुट दिँदै आइतबार देखि सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो ।

देशभरि रहेका आफ्ना ४२ जिल्लाका ४८ विक्री स्टलहरूमा आइतबारबाट कम्पनीले भारी छुटमा दैनिक उपभोग्य वस्तु विक्री शुरु गरेको छ  ।

ती स्टलहरूबाट कम्पनी विक्री वितरण गदै आएका सबै किसिमको चामल दाल, चिउरा,आटा,पिठो,तोरीको तेल, सनफ्लावर तेल,भटमास तेल प्रति केजी प्रति लिटरमा ७ रुपैयाँ र कणालीको सिमी,गेडागुडी,चिनो,काउनो,उवा,फापरमा प्रति केजी १० रुपैयाँ र जिउँदो खसी, बोका, च्याखा्रमा प्रति केजी १० रुपैयाँ छुट दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका प्रमुख पुस्कर बहादुर भामले जानकारी गराउनु भयो । 

उहाँका अनुसार कम्पनीका अन्य स्टलहरूमा चामलका साथै अन्य दैनिक उपभोग्य वस्तुहरूमा छुट सहित विक्री व्यापार हुने भएपनि मुगुमा कम्पनीले चामल मात्र विक्री गर्ने भएकाले उपलब्ध चार किसिमका चामलमा प्रति केजी ७ रुपैयाँ छुट मूल्यका दरले जनताहरूले छुट पाउने छन् ।

मुगु शाखामा सोना मनसुली, जिरा मसिनो चामल,अरुवा मध्यम र अरुवा मोटा चामल उपलब्ध छ ।

सहुलियत सुपथ मूल्य पसल असोज २१ गते देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

आइतबार कम्पनीको मुगु शाखाले एक औपचारिक कार्यक्रम गर्दै सहुलियत सुपथ मूल्य छुट पसल सञ्चालन गरेको छ । 

जिल्ला खाद्य व्यवस्थापन समितिका अध्यक्ष तथा समन्वय प्रमुख मन्जन बहादुर कार्की र छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले संयुक्त रुपमा दियो प्रज्वलन र रिबन काटेर सुपथ मूल्य पसलको छुट मूल्यमा विक्री वितरण शुरुवात गर्नु भएको थियो ।

बजारमा पाईने चामल भन्दा गुणस्तर र प्रति बोरा(२५ केजी) मा प्रति केजी छुट सहित जोड्दा ३०० देखि ५०० सम्म सस्तो पर्ने भएपछि चामल किन्नेको भिड लाग्ने र कालो बजारी गर्नेहरू सलबलाएर कम्पनीको सहुलियत सुपथ मूल्य छुटको चामल लिएर बजारमा बोरा बदली अन्जायज फाइदा लिने सम्भावनालाई मध्यनगर गदै सुपथ मूल्य छुट पसलमा चामल किन्न आउने सर्वसाधारणको सक्कलै नागरिकता हेर्ने,नागरिकता नम्बर,नाम,ठेगाना टिप्ने र दोहोरिन नदिने गरी प्रति व्यक्ति २ बोराका चामल विक्री वितरण गर्न जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको छ ।  

व्यापार स्टलमा शान्ति सुरक्षा, लाइन व्यवस्थापन र अन्जायज फाइदा लिन घुसपैठ हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी परिचालित गरिएको छ ।

सुपथ छुट मूल्य पसल सञ्चालनका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगु शाखाका लागी १५ सय क्युनटल चामल छुटाएको छ । गत वर्ष भन्दा यो वर्ष ५ सय क्युनटल थप गरिएको शाखा प्रमुख भामले बताउनु भयो ।

आइतबार देखिनै सुपथ मूल्यको चामल खरिदका लागि नेपाल खाद्य संस्थान को कार्यालयमा राती अबेर सम्म जनताहरूको भिड लागेको थियो । थोरै भएपनि छुट मूल्यमा चामल खरिद गर्न पाएपछि जनताहरूले राहतको महसुस गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button