तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले जेसिबी पुरिदा चालकको मृत्यु

पाल्पा ।पाल्पाको रामपुरमा पहिरोले जेसिबी सहित चालकलाई पुरेको छ । पहिरोमा परि जेसिबि चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका १ का ३० वर्षीय धनबीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रामपुर नगरपालिका वडा न १० मा सडक मर्मतको क्रममा पहिरो खस्दा जेसिबी र चालक पुरिएका हुन् । पहिरोमा परि घाइते भएका चालक खड्काको उपचारको क्रममा आज बिहान करिब ३ बजेको समयमा युनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

रामपुरको मिलन चौतारी देखि टोक्से जाने पुरानो मोटर बाटो सफाइ गर्ने क्रममा सडक माथि बाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको जेसिबि पुरेको थियो । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button