तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि विधेयकमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ  । 

सिंहदरबारमा आज आयोजित समितिको बैठकमा नबल किशोर साहको संयोजकत्वमा ९ सदस्य उपसमिति गठन गरेको हो । 

यस्तै सभापति आरजु राणाको नेतृत्वमा ६ सदस्य सांसदहरुले बङ्गलादेशको कृषि क्षेत्रको अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । 

सांसदहरुले मानव स्वास्थ्यसँग सम्बन्धित विषय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि विधेयकलाई कानुनी परामर्श, विज्ञको सुझावबाट मात्र निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो । 

यसैगरी नागरिकको जीवनस्तरसँग जोडिएका खाद्यान्न, मासु पसल, अण्डा तथा तरकारीहरूको परीक्षण गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button