तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मतको विवाद हेर्दाहेर्दैमा, मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिनुभएको विश्वासको मत विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरु भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा रहेको रिटमाथि सुनुवाइ भोली फेरि हुने छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि आज नसकिएका कारण भोलिका लागि राखिएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button