तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरूलाई ब्याडमिन्टन प्रशिक्षण

इलाम । बालबालिकालाई ब्याडमिन्टन खेलप्रति उत्साह जगाउँदै प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले इलाममा प्रशिक्षण सञ्चालन गरिएको छ ।

श्रावण महिनामा सञ्चालित पहिलो चरणको प्रशिक्षणको आज औपचारिक समापन गर्दै आयोजकले विभिन्न उमेर समूहका खेलाडीलाई निरन्तर प्रशिक्षण दिने जानकारी गरायो । जिल्ला ब्याडमिन्टन सङ्घले १ महिनासम्म विद्यार्थी लक्षित प्रशिक्षण सञ्चालन गरेको हो ।

प्रशिक्षणमा इलामका ११ विद्यालयका ८० जनाको सहभागिता थियो । आज आयोजित कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।

पहिलो पटक विद्यार्थीहरूका लागि इलाममा ब्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाम नगरपालिकाको कभर्ड हलमा वीर बहादुर गुरुङ, गणेश राई र शुलोचना भक्तराजले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणको समापनको अवसरमा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button